site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महेन्द्रजंग शाहलाई किन खोज्दैछ सिंगापुर ? उनको विगत के हो ?

काठमाडौं । प्रहरीको अन्तराष्ट्रिय अपराध संगठन (इन्टरपोल)को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले आतंकवादी संगठन आईएसआईएससँग जोडिएको आंशका गर्दै कालिकोटका महेन्द्रजंग शाहको विवरण माग्यो ।

सिंगापुर प्रहरीले महेन्द्रजंगको मात्रै होइन उनीसँगै सिंगापुर जान मलेसिया हुँदै एउटै गाडीमा सिंगापुरको अध्यागमन पुगेका नेपाल प्रहरीकै डीएसपी हेमबहादुर शाही र कालीकोटकै दिपेन्द्रबहादुर शाहको समेत विवरण मागेको छ ।

उनीहरु तीनजना नै मलेसिया हुँदै सिंगापुर घुम्न जाँदा सिंगापुरले २०२४ जुलाईमा रोकेको थियो ।  उनीहरू तीन जनालाई नै सिंगापुर अध्यागमन विभागले करिब ६ घण्टा राखेर सोधपुछसमेत गर्‍यो । तर, उनीहरुलाई सिंगापुर प्रवेशमा भने रोक लगायो ।

हेमबहादुर शाहीले त त्यहीबेला सिंगापुर अध्यागनलाई आफू नेपाल प्रहरीको बहालवाला डीएसपी नै भएको जानकारी समेत गराएका थिए । तर, उनलाई समेत प्रवेश गर्न दिइएन ।

त्यतिमात्रै होइन, सिंगापुर प्रहरीले नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंलाई पत्राचार गर्दै २९ जुलाई २०२४ मा सिंगापुर प्रवेश गर्न खोज्ने महेन्द्रजंग शाहसहित नेपाल प्रहरी कै डीएसपी हेमबहादुर शाहीको पृष्ठभूमिसमेत माग गरेपछि यो विषय बाहिरिएको थियो ।

शान्ति सुरक्षा र सीमापार हुने अपराध नियन्त्रणका लागि हाल विश्वभरका १९६ राष्ट्रले इन्टरपोल मार्फत आपराधिक गतिविधिको सूचना आदान प्रदान र एक देशका अपराधी अर्को देशमा पुग्दा फिर्ता पठाउने काम गर्दै आएका छन् ।

सिंगापुर प्रहरीले आफ्नै संगठनका अधिकारीमाथि आईएसआईएससँग नजिक रहेको आशंका गर्दै पत्राचार नै गरेपछि भने प्रहरी अधिकारी नै झस्किएका छन् ।  यद्धपी सिंगापुर प्रहरीको चासो गरिरहेको महेन्द्रजंग शाहसँग घुम्न सिंगापुर पुग्दा डीएसपी शाही विवादित बनेको प्रहरीको प्रारम्भीक छानबिनका क्रममा देखिएको छ ।

डीएसपी शाही आफैँलेसमेत महेन्द्रजंगकै कारण आफू विवादित बनेको बताए ।

को हुन सिंगापुर प्रहरीको राडारमा परेका महेन्द्रजंग ?

२०४० सालमा कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालुगाउँमा जन्मिएका महेन्द्रजंग शाह २०५४–२०५५ सालतिर नै काठमाडौं आवतजावत गर्न थालेका थिए ।

थोरै समय काठमाडौं बसेका उनी वैदेशिक रोजगारीका लागि मलेसिया पुगे । त्यसको करिब २० वर्षपछि २०७५ सालमा उनी गैर नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षसमेत बने ।

त्यो बेलासम्म उनको पहूँच मलेसियाको राज्य सञ्चालन गर्ने निकायसम्म पुगिसकेको स्रोत बताउँछ । महेन्द्रजंगले नेपालबाट करिब दुई नेपालीलाई मलेसिया भिजिट भिसामा बोलाए । उनीहरुको पासपोर्टमा नक्कली स्ट्याम्प र स्किटर टाँसे ।

मलेसिया बस्दादेखि नै उनको सम्बन्ध आइएसआरएससँग जोगिएको हो । यो बीचमा उनीमाथि काठमाडौंको विभिन्न प्रहरी कार्यालयमा वैदेशिक रोजगारीको नाममा ठगी गरेको दर्जनौँ उजुरी समेत परेका छन् ।

नरहरिनाथ गाउँपालिका–८ का वडाअध्य लालबहादुर विष्टका अनुसार गाउँ छाडेदेखि उनी गाउँ फर्किएका छैनन् । विष्टकै अनुसार उनका बालबच्चा र श्रीमती हाल काठमाडौंमै बस्छन् ।  मलेसियामा विभिन्न अपराधमा संलग्न रहेको खुलेपछि २०१५ मा मलेसियास्थित नेपाली दूतावासले उनलाई नेपाल फिर्ता समेत पठाएको थियो ।

त्यो बेला उनलाई विमानस्थल प्रहरी करिब १० दिन थुनामा समेत राखेको थियो ।  मलेसियामा बसेर चलाएको ठगीधन्दा र अस्वाभाविक आर्थिक हैसियतका कारण उनमाथि विभिन्न देशका प्रहरीले आपराधिक संगठनसँग जोडिएको आंशका गरेको हो ।

महेन्द्रमाथि नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी कारोबारको सूचनाको आधामार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान जारी राखेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro