site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिंगापुरले विवरण मागेपछि प्रहरीले पनि थाल्यो डीएसपी शाहीमाथि छानबिन 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन सुरु गरेको छ । ‘विवादित छवि’का कालिकोटका महेन्द्रजंग शाहसँगको सम्बन्धबारे प्रहरी प्रधान कार्यालयले छानबिन थालेको हो ।

प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको थियो ।

सिंगापुर प्रहरीले महेन्द्रजंग शाहमाथि आतंकवादी संगठन स्लामिक स्टेट अफ इरान र सिरिया (आइएसआएस) को गतिविधिमा संलग्न रहेको आरोपमा निगरानी गरिहेको र त्यही विषयमाथि बुझ्न पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले महेन्द्रजंगसँगका सम्बन्धबारे छानबिन सुरु भइसकेको जानकारी दिए । उनले भने, “हामीले सोधपुछ र छानबिन गरिरहेका छौं । उनीहरूको सम्बन्ध नातेदार वा अन्य कुन प्रकारको हो त्यो हेर्दै र्छौै । केही कमजोरी देखियो भने कारबाहीको दायमा त आउनैपर्छ ।”

एनसीबी सिंगापुरले २९ जुलाई २०२४ मा एनसीबी काठमाडौंलाई पत्राचार गरेको थियो ।   एनसीबी सिंगापुरले महेन्द्रको आर्थिक पाटोसमेत अस्वाभाविक देखिएको जनाएको छ ।

महेन्द्रजंग लामो समयदेखि दुबई र मलेसिया बस्दै आएका छन् । उनी २०१५ मा मलेसियाको गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष समेत हुन् । उनी त्यतिबेला मलेसियाबाट निकालिएका थिए ।

उनीमाथि नेपालमा समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गरेको उजुरी प्रहरीमा छ ।  उनै शाहसँग केही समय अघि सिंगापुरमा डीएसपी शाही समेत घुमफिर गर्न पुगेपछि सिंगापुर प्रहरीले उनको क्रियाकलाप माथि समेत चासो देखाएको हो ।

त्यसो त, डिएसपी शाहीले विदा स्वीकृत गरेपनि विदेश जानेबारे भने प्रहरी प्रधान कार्यालयलाई कुनै जानकारी नगराई गएको देखिएको छ । प्रहरी निरीक्षकभन्दा माथिका अधिकारीले विदा लिएको समयसमेत विदेश जानुपरेमा माथिल्लो कार्यालयलाई जानकारी दिएर मात्रै जानुपर्ने व्यवस्था छ ।

के भन्छन् डीएसपी शाही ?
डीएसपी हेमबहादुर शाहीले भने महेन्द्रजंग शाहको पुरानो पृष्ठभूमिबारे आफूलाई जानकारी नहुँदा मलेसियामा भेटेको बताए । 
उनले भेटबारे यसरी बताए–
म आफ्नै प्याकेजअनुसार १४ जुनदेखि २४ जुनसम्म बैंकक, सिंगापुर र मलेसिया घुम्ने योजना बनाएर गएको थिएँ । म घुम्न जाने योजनाबारे चिनजानका साथी दिपेन्द्र शाहलाई जानकारी थियो । उहाँ हाम्रो प्याकेजमा नगए पनि उनी सिधै मलेसिया जानु भयो ।
म बैंकक घुमेपछि भने दिपेन्द्र शाहले नै सिंगापुर होइन, पहिला मेलेसिया घुमौँ, यता महेन्द्र दाइ पनि हुनुहुन्छ भनेर बोलाउनुभयो । म सिंगापुर नगइ मलेसिया पुगेँ । मलेसिया महेन्द्रकै घरमा बसिएको हो । उहाँले नै घुमफिर गराउनुभयो ।
त्यो पाहुनाका हिसाबले स्वाभाविक हो जस्तो लाग्छ । 
मलेसियाबाट हामी सडकमार्ग हुँदै सिंगापुर घुम्न गएका थियौंं । तर, सिंगापुरको अध्यागमनले हामीलाई प्रवेश दिएन, हामी फिर्ता भयौं । महेन्द्रकाबारेमा मलाई अध्यागमनमै सोधेको थियो । मेरो भाइ हो भनेर फर्किएका हौंै । उसको आतंकवादसँग के सम्बन्ध छ वा कसैले उजुरीमात्रै दिए त्यो मलाई थाहा हुने कुरा भएन । त्योबारे मलाई कुनै जानकारी छैन ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro