site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कार्साङ्’को फर्स्टलुकमा झल्किएको दयाहाङको गरिबी 
SkywellSkywell

काठमाडौं । चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज पोस्टर सार्वजनिक गर्दै रिलिज डेट पनि घोषणा गरेको हो । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । 

पोस्टरमा चलचित्रका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ हिलो लागेको सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो सुरुवाल र कमिज नहुनुले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । उनको अनुवारमा बदलाको भाव छ । छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना रोइरहेकी छन् । 

KFC Island Ad
NIC Asia

आँगनमा बिर्को खोलिएको ग्यालिनबाट रक्सी पोखिएको छ । दया र सिर्जनाको लुक्स, आगनमा पोखिएको रक्सी र छेउमा तीन चुली ढुंगा लगाएर बालिएको आगोले उनीहरूले रक्सी पार्ने गरेको थप संकेत गर्छ । प्रहरीले अथवा माओवादी द्वन्द्वको समय हो भने तत्कालीन माओवादी कार्यकर्ताले रक्सी पोखिदिएको जस्तो पोस्टरमा देखिन्छ । सोही क्रममा उनीहरूसँग झगडा दयाहाङको झगडा पर्यो । 

यसले उनीहरूको जिविको पार्जनको माध्यम रक्सी बनाएर स्थानीय बजारमा बेच्नु हो भन्ने बुझिन्छ । पृष्ठभूमीमा दुईवटा घर छन् । माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने यी घर र पात्रको पहिरनले बताएको छ । घरको माथिल्लो भागमा बाँसमा झुण्डाएको केही झुत्ता मकैले उनीहरूको कमजोर आर्थिक अवस्था संकेत गर्छ । 

Royal Enfield Island Ad

माथिल्लो लेक वा हिमाली बस्तीमा दुःख गरेर बस्ने एक परिवारको कथा भन्ने संकेत यो पोस्टरले गरेको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो । 

सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ । चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । 

बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका निर्माता समेत हुन् । गोविन्द बोहरा सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro