site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाटो प्रमुखले गरे रुसको कुर्कुसमा युक्रेनी आक्रमणको समर्थन
नाटो प्रमुख जेन्स स्टोल्टेनबर्ग (दायाँ) र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेस्की । फाइल तस्बिर : एएफपी ।

बर्लिन । नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रुसको कुर्कुस क्षेत्रमा गरिएको युक्रेनी आक्रमण युक्रेनको आत्मरक्षाका निम्ति भएको तर्क गरेका छन् । युक्रेनलाई सीमाक्षेत्रमा आक्रमण गर्ने पूर्ण अधिकार रहेको उनले उल्लेख गरेका छन् ।

जर्मन अखबार डी वेल्टसँगको कुराकानीमा उनले युक्रेनलाई अन्तर्राष्ट्रिय कानुनानुसार आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका हुन् ।आक्रमणले किभका सहयोगीको पनि ध्यानाकर्षण गरेको उनले उल्लेख गरेका छन् । स्टोल्टेनबर्गले यसमा पश्चिमी सैन्य गठबन्धनले कुनै भूमिका नखेलेको जनाएका छन् ।  

स्टोल्टेनबर्गले युक्रेनलाई युरोपेली सैन्य उपकरणदाता तथा जर्मनीको प्रतिबद्धतालाई स्वागत गरेका छन् । बर्लिनले अर्को वर्षको बजेटमा किभलाई सहयोग गर्ने तयारी गरिरहेको उनले उल्लेख गरेका छन् ।

जर्मनीले युक्रेनलाई आवश्यक सैन्य उपकरण सहयोग निरन्तर जारी राख्ने  निर्णय सार्वजनिक गर्दा चान्सलर ओलाफ स्कोल्जको सरकार गत हप्ता कडा आलोचनामा परेको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro