site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पलेशा पारालम्पिकको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारालम्किप–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुयाली प्रतिद्वन्दीलाई सहजै हराइन् ।

उनले महिला के–४४–५७ केजी तौल समूहमाम भेनेजुयलाकी मोरालेस भालेरियाविरुद्ध ३१–० ले पराजित गरेकी हुन् ।

पलेशाले अब क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध खेल्नेछिन् । पेरिस पारालम्पिकमा यसअघि नेपालका भरतसिंह महताले प्रतिस्पर्धा गरेका थिए । भरत प्रतियोगिताको पहिलो चरणमै पराजित भएका थिए ।

पलेशा गत वर्ष चीनको हाङझाउमा सम्पन्न पारा एसियाली खेलकुदकी काश्य विजेता समेत हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro