site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारमा हदम्याद हटाउने प्रस्ताव सर्वसम्मतिले पारित
SkywellSkywell

काठमाडौं । सरकारले भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको ५ वर्षे हदम्याद सर्वसम्मतिले हटाएको छ । गृहमन्त्री रमेश लेखकले समितिमा उपस्थित भएर हदम्याद सम्बन्धी व्यवस्था हटाउने सहमति जनाएपछि समितिले सर्वसम्मत निर्णयबाट हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित ऐनको  दफा १६ संशोधन गरी हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो ।

सरकारले विधेयकमा रहेको हदम्याद हटाउने सहमति जनाएपछि सांसदहरूले खुसी व्यक्त गरेका छन् । बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सदनमा मात्र नभएर हदम्याद हटाउने निणर्यमा विश्वभरका नेपालीले खुसियाली मनाउने बताए । उनले सरकार भने दवावमा परेपछि मात्र हटाउने निर्णयमा पुग्नु सकारत्मक नभएको टिप्पणी गरे ।

KFC Island Ad
NIC Asia

“हदम्याद रहने छैन भनेपछि जहाँसुकै रहेका नेपालीले हर्षबढाईं गर्छन्,” केसीले भने, “सरकार ठूलो दबाब परेपछि हटाउन सहमत भयो कि भन्ने लागेको छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मरणोपरान्त पनि पुरस्कार दिने व्यवस्था रहेको भन्दै हदम्याद फिर्तालाई सकारात्मक रूपमा लिने बताए । “पुरस्कार मरणोपरान्त पनि दिइन्छ । फिर्ता लिने निर्णयका लागि धन्यवाद,” लामिछानेले भने ।

Royal Enfield Island Ad

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका सांसद हितराज पाण्डेले आफूहरूले सत्तापक्षमै हुँदा हदम्याद हटाउने संशोधन हालेको भन्दै हटाउने प्रस्तावको स्वागत गरे ।  

माओवादी केन्द्रकै सांसद दुर्गा राईले हदम्याद कायम रहँदा फोन उठाउन डर लाग्ने अवस्था बनेको भन्दै आफूलाई सेभ नगरेको फोन उठाउन डर लाग्ने गरेको सुनाइन् ।

“समितिका सबै सदस्य आजबाट आनन्दले सुत्ने भयौँ,” राईले भनिन्, “जनताको कुरा सुन्देकोमा सरकारलाई धन्यवाद ।”

हदम्याद राख्नुपर्ने पक्षमा भएको दल नेकपा एमालेका सांसद रघुजी पन्तले संशोधनकर्ता र जनमानसको भावना कदर गर्दै हदम्याद सम्बन्धी व्यवस्था हटाउने सहमति भएको बताए ।

जसपा नेपालका सांसद प्रकाश अधिकारीले हदम्याद नराख्न तयार हेको भन्दै संशोधन आफ्नो पनि रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro