site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसम तथा जलवायु सञ्चारलाई मजबुत बनाए क्षति कम हुने

काठमाडौं । मौसम तथा जलवायु क्षेत्रका विज्ञले यससम्बन्धी सञ्चारलाई मजबुत बनाउन सके मानवीय र आर्थिक क्षति कम हुने बताएका छन् । 

बीबीसी मिडिया एक्सनले बिहीबार ललितपुरमा आयोजना गरेको ‘मौसम तथा जलवायु सञ्चार’ सम्बन्धी एक कार्यक्रममा बोल्दै उनीहरूले उक्त कुरा बताएका हुन् । 

“मौसम तथा जलवायुसम्बन्धी जनचेतना बढाउन सक्यौँ भने मानवीय क्षति कम गर्न सकिन्छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, “यसैकारण राष्ट्रिय रणनीतिमा नै ‘रिस्क कम्युनिकेसन’लाई राख्न खोजेका छौँ ।”

Dabur Nepal
NIC Asia

विपद्को अगाडि गरिने प्रभावकारी सञ्चारले जोखिम न्यूनीकरण गर्ने कुरा केही साता अघिको कञ्चनपुर घटनाले पुष्टि गरेको उनले जनाए । 

केही साताअघि कञ्चनपुरमा ६२४ मिलिमिटर वर्षा भएको थियो । उक्त वर्षा नेपालमा हालसम्म मापन गरिएकामध्ये सबैभन्दा ठूलो हो । उक्त वर्षाको समयमा कञ्चनपुरमा कुनै पनि मानवीय क्षति नभएको उनले जनाए । यो सबै प्रभावकारी सञ्चारका कारण भएको दाबी उनको थियो ।

“३० वर्षअघि मकवानपुरमा ५४० मिलिमिटर पानी पर्दा ११ सयभन्दा बढीको ज्यान गएको थियो । अहिले योभन्दा ठूलो वर्षा भयो । तर, बेलैमा स्थानीयमा सूचना प्रवाह गर्दा र आवश्यक सावधानी अपनाउँदा मानवीय क्षति भएन । यो मौसम तथा जलवायुसम्बन्धी प्रभावकारी सञ्चारकै कारण भएको हो,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।

नेपालमा पछिल्ला वर्षहरूमा नयाँ नयाँ सडक बनेका स्थानहरूमा बढी र ठूला पहिरो गएको उनले जनाए । 

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले नेपालजस्तो जटिल भूवनोट भएको ठाउँमा मौसम तथा जलवायुसम्बन्धी तथ्य संकलन, पूर्वानुमान र प्रवाह गर्नु जटिल काम भएको बताए । “कृषकलाई आउँदो साता के हुँदैछ भन्ने सूचना चाहिएको हुन्छ, योजनाकारलाई अबको १० वर्ष कस्तो हुन्छ भन्ने चाहिन्छ,” महानिर्देशक डा. कर्माचार्यले भने, “तथ्यांक संकलन गरी सबैले बुझिने गरी प्रभाव गर्न चुनौतीपूर्ण छ ।” 

जलवायु परिवर्तनको असर बितेका तीन दशकयता बढेको उनले जनाए । जलवायु विश्वभर नै ‘डिस्टर्व’ भएको उनले बताए । मौसमको परिपाटी फेरिँदा सूचना प्रवाहमा थप चुनौती बढेको उनले जनाए ।

“मौसम पूर्वानुमान १०० प्रतिशत हुँदैन र मिल्दैन । सकेसम्म सही सूचना दिनुपर्छ र यो शतप्रतिशत ‘एक्युरेट’ हुँदैन भन्ने पनि बुझ्नुपर्छ,” उनले भने । आवश्यक जनशक्ति र प्रविधिको  अभाव हुँदा हाल जिल्ला स्तरको मौसम सम्बन्धी सूचनाहरु दिन नसकिएको उनले बताए । 

कार्यक्रममा नेपालको लागि नर्वेकी राजदूत टोरन द्रमदलले जलवायु परिवर्तनका दृष्टिले नेपाल उच्च जोखिममा रहेका कारण पनि यससम्बन्धी सञ्चार प्रभावकारी हुनुपर्ने बताइन् । “जोखिम कम गर्न विश्वासनीय सञ्चारको आवश्यक छ । प्रभावकारी सञ्चारले मानिसको ज्यान जोगाउँछ,” उनले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro