राजनीति
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको खेलमा आफू नलाग्ने बताएका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भने, “म तपाईंहरुलाई सम्झाउन चाहन्छु । प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन । सत्ताको हिस्सा खोज्न आउने छैन ।”
उनले माओवादी आन्दोलन भएको बताउँदै आफूहरुबाटै पनि केही कमजोरी भएको बताए ।
“सत्तामा होइन तपाईंहरुको चलखेलमा केन्द्रित छ । भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउछौँ । पहिला पनि बनाएकै हौँ,” उनले भने, “बीचैमा झगडा गरेर फकाउन र फुर्क्याउन नआउनूहोला ।”
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १४:३३
प्रतिक्रिया दिनुहोस्