राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समिति प्रतिपक्ष दललाई नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, “मेरो च्यालेन्ज भयो लेखा समितिमात्रै होइन प्रमुख प्रतिपक्ष दलको नेता पनि आफैँ राखे हुन्छ । हामी हिम्मत र हौसला राख्छौँ ।”
उनले लेखा समिति र सत्ता पक्षको डर आफूले बुझेको बताउँदै भने, “प्रतिपक्ष सानो छ तर इमानमा कति सक्षम छ भन्ने पछिल्ला ४० दिनले देखाइसकेका छन् ।”
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्