site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
ओली अभिनीत ‘नमेटिने घाउ’को एउटा शो बाँकी, सातवटा टिकट बिक्री 

काठमाडौं । ‘नमेटिने घाउ’ प्रदर्शनमा आएको चौथो दिन (सोमबार) काठमाडौं उपत्यकामा क्यूएफएक्समा एक शो बाँकी छ । सोमबार बिहान ११ बजेपछि क्यूएफएक्सका काठमाडौंमा रहेका आफ्ना आउटलेटमा जम्मा एक शो मात्र बाँकी छ । क्यूएफएक्स देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स हो । 

भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्समा दिउँसो सवा ३ बजेको शो बाँकी रहेको छ । बिहान १० : ५० सम्म जम्मा ७ वटा टिकट बिक्री भएका छन् । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै यो चलचित्रमा पूर्वप्रधानमन्त्री माधव नेपाल, माओवादी नेता देवेन्द्र पौडेल, राप्रपा नेता ज्ञानेन्द्र शाहीलगायत कलाकार स्क्रिनमा देखिन्छन् ।  

प्रहरी उपरीक्षकद्वय बाल नर्सिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा अभिनयमा देख्न सकिनेछ । 

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखन छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro