काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जनप्रतिनिधि रहेकामध्ये २१ वटा उत्कृष्ट पालिकालाई सम्मान गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बोलाएर बिहीबार कांग्रेसको स्थानीय तह समन्वय विभागले उत्कृष्ट पालिकालाई सम्मान गरेको हो ।
राज्यस्तरबाट तोकिएका मापदण्डअनुसार नै उत्कृष्ट बनेका पालिकालाई सम्मान गरिएको विभागका प्रमुख मधु आचार्यले जानकारी दिए ।
सम्मान पाउनेमध्ये रूपन्देहिको तिलोत्तमा, धादिङको नीलकण्ठ र चितवनको रत्ननगर नगरपालिका देशभरका सबै स्थानीय तहमध्ये उत्कृष्टमा परेका छन् । बाँकी पालिका भने सरकारको आर्थिक जोखिमसम्बन्धी अध्ययन, महालेखा परीक्षकको प्रतिवेदनले कम बेरुजु देखाएका र खर्च बढी गरेर परिणाम देखाउनुलाई आधार बनाइएको प्रमुख आचार्यले जानकारी दिए ।
पालिकाका प्रतिनिधिलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरे ।
यी हुन् उत्कृष्ट सम्मान पाएका पालिका