site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन डीआईजीको जिम्मेवारी हेरफेर, मधेसका पोखरेल तानिए

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)को जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले बुधबार (हिजो) मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलसहित तीनजनाको जिम्मेवारी हेरफेर गरेको हो ।

मधेसमा भरतपुर शिक्षालयमा कार्यरत डीआईजी लालमणि आचार्यलाई पठाइएको छ । भरतपुर शिक्षालयमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।

तीन डीआईजीको जिम्मेवारी हरेफेर भएको प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

डीआईजी पोखरेलले तस्करी नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको गुनासो मन्त्रालयसम्म पुगेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । गएको पुसमा उनले मधेस प्रदेशको कमान्ड सम्हालेका थिए । आउँदो असोजमा डीआईजीको उमेरहदका कारण उनले अवकाश समेत पाउँदै छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro