site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित राजदूतको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपालको संसद्‌मा सम्बोधन गराउने

काठमाडौं । अमेरिकाको लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई नेपालको भ्रमण गराउने बताएका छन् ।

सोमबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो सुनुवाइका क्रममा कार्ययोजना प्रस्तुत गर्दै उनले अमेरिकी राष्ट्रपतिलाई संसद्‌मा सम्बोधन गर्ने वातावरण समेत मिलाउने जनाए ।

“अमेरिकी राष्ट्रपतिबाट नेपाल भ्रमण गर्ने र हाम्रो संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्नेछु,” रेग्मलीले भने ।

नेपालको संघीय संसद् र अमेरिकी कंग्रेसबीच भ्रमणको आदान प्रदानका लागि आवश्यक समन्वय गर्ने पनि उनले जनाए ।

“अमेरिकी संसदीय सुनुवाइको आफ्नै विशेषता रहेको छ । यसबाट लाभ लिनका लागि हाम्रो संसदीय सुनुवाइ समिति र अमेरिकी कंग्रेसको सुनुवाइ समितिबीच भ्रमण आदान प्रदानको प्रबन्ध मिलाउन प्रयत्नशील रहने छु,” रेग्मीले आफ्नो योजना सुनुवाइका क्रममा सुनाए ।

नेपाललाई उपलब्ध गराउने सहायत वृद्धि गर्न, नेपाली उत्पादनलाई अमेरिकी बजारमा पु¥याउन, नेपालको हितमा काम गर्न आफू निरन्तर लागिपर्ने उनले बताए ।

सात दशकभन्दा बढी अवधिमा भएको अमेरिकी आर्थिक सहायता नेपालको आधुनिकीकरण र विकासका लागि ज्यादै महत्त्वपूर्ण रहेको उनले जनाए । रेग्मीले भने, “हाम्रो देशको विकासलाई आजको विश्व विकास मानकअनुसारको स्तरमा पुर्‍याउन अझ धेरै लगानी हामीलाई आवश्यक छ ।”

कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता प्रमुख क्षेत्रहरूमा लगानी वृद्धि गर्नुपर्ने उनले बताए ।

नयाँ नयाँ प्रविधि ल्याइ नेपाली अर्थतन्त्रलाई उच्च वृद्धिको मार्गमा लग्न, रोजगारी सिर्जना गर्न, आय वृद्धि गर्न सबै प्रकारका गरिबी घटाउँदै निवारण गर्न र समृद्धि हासिल गर्न हालको अमेरिकी सहायतालाई आवश्यकता अनुसार परिचालन गर्नेगरी दोब्बर बनाउन आवश्यक रहेको उनले जनाए ।

“सोहौँ योजनामा प्रस्तावित योजनाहरू कार्यान्वयन गर्न यसबाट सहयोग पुग्ने छ । यसलाई मैले उच्च प्राथमिकतामा राखेर प्रयास गर्ने छु” रेग्मीले भने ।

नेपालमा लगानीको अनुकूल वातावरण रहेको जानकारी गराएर, प्रमुख संवाहक क्षेत्रहरुको बारेमा अमेरिकी लगानीकर्ताहरूलाई विभिन्न कार्यक्रमहरू गरेर तथा परियोजना प्रस्तावहरूको जानकारी दिएर आकर्षित गर्ने पनि उनले जनाए ।

“जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, पर्यटन, जडीबुटी प्रशोधन, कृषि र भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन सम्पर्क गर्ने छु, समन्वय र उत्प्रेरित गर्ने छु,” रेग्मीले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro