site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमा असोज दोस्रो साता आइफोन १६ भित्रिँदै, कति पर्ला मूल्य ?

काठमाडौं । एप्पलले यसै सेप्टेम्बर ९ (भदौ २४) मा आफ्नो आईफोनको नयाँ सिरिज आईफोन १६ सार्वजनिक गरेको छ । सेप्टेम्बर २० बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विश्व बजारमा सार्वजनिक भएसँगै अब एप्पलका नयाँ उत्पादन नेपाली बजारमा कहिले आउँछन् भन्ने चासो बढेको छ । एप्पलको नेपालका लागि आधिकारीक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले असोज दोस्रो सातापछि नेपालमा आईफोन १६ सार्वजनिक हुने बताएको छ ।

असोज १३ देखि २८ को बीचमा अर्थात् सेप्टेम्बर २९ देखि अक्टोबर १३ को बीचमा आईफोन १६ नेपालमा सार्वजनिक हुने भएको हो । जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सकी निर्देशक निकिता भिमसरियाले असोज दोस्रो सातापछि आईफोन १६ नेपालमा सार्वजनिक हुने बताइन् ।

Dabur Nepal
NIC Asia

आइफोन १६, एप्पल इन्टेलिजेन्स, एयरपड्स ४ सहित यस्ता छन् एप्पलका नयाँ उत्पादन

एप्पलको वेबसाइटमा आईफोन १६ को बेस मोडलको मूल्य ७९९ अमेरिकी डलर (करिब एक लाख ७ हजार रुपैयाँ) छ । यस्तै आईफोन १६ प्लसको मूल्य ८९९ अमेरिकी डलर (एक लाख २१ हजार रुपैयाँ)बाट उपलब्ध छ ।

यस्तै आईफोन १६ प्रोको बेस मोडलको मूल्य ९९९ अमेरिकी डलर (करिब एक लाख ३४ हजार सात सय रुपैयाँ) छ । आईफोन १६ प्रो म्याक्स एक हजार १९९ अमेरिकी डलर (एक लाख ६१ हजार ६ सय रुपैयाँ)बाट सुरु छ ।

नेपालमा कति पर्ला मूल्य ?

नेपालमा आईफोनका यी भेरियन्टको मूल्य सार्वजनिक भएकै बेला थाहा हुने कम्पनीले जनाएको छ । तर आईफोन १६ को मूल्य मोटामोटी रुपमा आईफोन १५ का भेरियन्टको अमेरिकी र नेपाली मूल्यको अन्तर जस्तै रहने कम्पनीको भनाइ छ ।

नेपालमा भने आईफोन१६ को प्रिबुकिङ नखुल्ने भएको छ । जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सका अनुसार आईफोन १६ सार्वजनिक भएपछि स्टोरहरुमा उपलब्ध हुनेछ । आईफोन १६ सँगै सार्वजनिक भएका एप्पलका नयाँ उत्पादन वाच सिरिज १०, एयरपड्स ४ र एयरपड्स २ प्रोलगायत पनि नेपालमा भित्र्याउने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro