site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा दुई सैन्य अधिकारीमाथि कुटपिट, महिला साथीमाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको मध्य प्रदेशको इन्दौरमा सामूहिक बलात्कारको घटना बाहिर आएको छ । गत मंगलबार राति एक महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुई सैनिक  अधिकारी इन्दौर नजिकै रहेको महु आर्मी कलेजमा तालिम लिँदै आएका थिए । मंगलबार राति उनीहरू अरू दुई जना केटी साथीलाई लिएर महु–मण्डलेश्वर सडकमा रहेको जाम गेट नजिकैको अहिल्या गेट पुगेका थिए । राति करिब साढे २ बजेतिर उनीहरूमाथि ६–७ जनाले आक्रमण गरेका थिए ।

पेस्तोल, चक्कु र लठ्ठी बोकेर आएका आक्रमणकारीहरूले कार घेरेका थिए । त्यसपछि उनीहरूले चारैजना माथि कुटपिट गरेर लुटपाट गरेका थिए । कुटपिटपछि उनीहरूमध्ये एक सैनिक अधिकारी र अर्की महिला गरी दुई जनालाई बन्धक बनाइएको थियो ।

त्यसपछि आक्रमणकारीहरूले बाँकी रहेका सैनिक अधिकारीलाई १० लाख रुपैयाँ दिएमात्र बन्धक बनाइएका साथीलाई रिहा गर्ने बताएका थिए । यही बहानामा ती सैनिक अधिकारीले आफ्ना वरिष्ठ अधिकारीहरूलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि तत्कालै प्रहरी टोली पठाइए पनि त्यतिन्जेल ढिलो भइसकेको थियो ।

घटनामा संलग्नहरू फरार भइसकेका थिए । अहिलेसम्म ६ जनाको पहिचान भइसकेको छ । उनीहरूमध्ये दुई जनालाई जंगलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका एकजना आपराधिक पृष्ठभूमिका भएको खुलेको छ ।

बुधबार बिहान ६ः३० बजे पीडित चारैजनालाई महु सिभिल अस्पतालमा ल्याइएको थियो । जहाँ स्वास्थ्य परीक्षणबाट एक महिलामाथि सामूहिक बलात्कार भएको पुष्टि भएको थियो । यस घटनाले अहिले भारतमा निकै चर्चा पाइरहेको छ ।

एनडीटीभीसहित एजेन्सीबाट ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro