site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सिभिल मलको ४९९ सिट भएको हलमा पल र पूजाको सिनेमाको ५ वटा टिकट बिक्री 

काठमाडौं । चलचित्र ‘रावायण’ र ‘देवी’ गत शुक्रबार प्रदर्शनमा आएका चलचित्र हुन् । यी दुई चलचित्रमा ‘देवी’ले न्यून शो पाउँदा ‘रावायण’ले उच्च शो पाएको थियो । 

तर, यी दुवै चलचित्रलाई दर्शकको उत्साहजनक साथ मिलेन । ‘रावायण’ले अष्टनारायण लगायत केही हलमा शुक्रबार उत्साहजनक साथ पाए पनि त्यसयता दर्शकको उल्लेख्य उपस्थिति देखिएको छैन ।  

काठमाडौं, भक्तपुर र ललितपुरका केन्द्रमा रहेका हलमा पनि बुकिङ खासै देखिएको छैन । ललितपुरको लाविम, सुन्धाराको सिभिल र भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका हलमा दर्शकले खासैधेरे बुकिङ गरेको देखिएको छैन । 

Dabur Nepal
NIC Asia

७ : ४५ बजेको लाविममा शोमा ‘रावायण’का दुईवटा टिकट मात्रै बुकिङ भएको छ । ५ बजेको शो मा १४ र सवा ३ बजेको शो मा जम्मा ३३ वटा टिकट बुकिङ भएको छ । 

सिभिल मलको हलमा ७ बजेको शोमा ५ वटा टिकट बिक्री भएको छ । ४९९ सिटक्षमता भएको हलमा जम्मा पौने २ बजेसम्म जम्मा ५ वटा टिकटमात्रै बिक्री भएको हो । 

साढे २ बजेको शोमा ३८ वाट टिकट गएको छ । भक्तपुरको भाटभटेनीस्थिच हलमा ५ बजेको शोमा २ वटा टिकट बिक्री हुँदा २ बजेको शोमा २४ वटा टिकट बिक्री भएको छ । 

दरबार सिनेम्याक्समा २ वटा टिकट बिक्री हुँदा राइजिङ मलमा एउटा टिकट पनि बिक्री भएको छैन । सिटी स्क्वायर मलमा साढे ३ बजेको शोमा ४ र ७ : ४५ को शो पूरै खाली छ ।  

‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । यो चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाहीलगायत कलाकारको अभिनय छ । 

‘रावायण’मा सुदर्शन थापाको कथा तथा शिवम अधिकारीको लेखन छ ।

‘देवी’लाई पनि दर्शकले साथ दिएनन् । सुरुमै न्यून शो पाएको यो सिनेमाले धेरै शो हटिसकेका छन् । भएका शोमा पनि दर्शकको उल्लेख्य उपस्थिति छैन । 

साढे १ बजेपछि काठमाडौं उपत्यकामा क्यूएफएक्समा ‘देवी’को जम्मा एक शो बाँकी छ । छाया सेन्टरमा रहेको साढे २३ बजेको शोमा २६ वटा टिकट बिक्री भएको छ । 

‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय छ । क्राइम थ्रिलर जानरामा निर्माण भएको यो चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् । 

‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro