site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शनिलले ल्याए बार्सिलोना र रियल मड्रिडसँग सहकार्यको योजना 
SkywellSkywell

काठमाडौं । सरकारले स्पेनको लागि नेपाली राजदूतमा सिफारिस गरेका शनिल नेपालले नेपाली खेलाडीलाई प्रशिक्षण दिलाउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसँग सहकार्य गर्ने बताएका छन् । 

बिहीबार संघीय संसदको संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले उक्त योजना सुनाएका हुन् । 

“स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनासँगको सहकार्यमा नेपाली खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ । प्रशिक्षण नेपाली खेलाडीलाई स्पेन लगेर दिन सकिन्छ र स्पेनबाट प्रशिक्षक नेपाल ल्याएर पनि खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ,” कार्ययोजना प्रस्तुत गर्दै नेपालले भने ।

Dabur Nepal
NIC Asia

केही महिना अघि सरकारले नेपाललाई पोर्चुगलको लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । पोर्चुगलको लागि राजदूत नियुक्त हुने क्रममा भएको सुनुवाइमा उनले पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउने बताएका थिए । 

नेपाली कांग्रेसको कोटामा राजदूतको सिफारिसमा परेका शनिल यसअघि पोर्चुगलको लागि नेपाली राजदूत नियुक्त भैसकेका थिए । 

तर उनी कार्यभार सम्हाल्न जान पाएनन् । उनी कार्यभार सम्हाल्न पोर्चुगल जानु अगावै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

त्यसलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा नयाँ सरकार बनेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई स्पेनको लागि राजदूतमा सिफारिस गरेको थियो । जसको सुनुवाई बिहीबार भएको थियो ।

“समुद्रदेखि सगरमाथासम्म भन्ने नारा फापेको छ तपाईँलाई । पोर्चुगलको लागि सिफारिस हुँदा पनि यही भन्नु भएको थियो, अहिले पनि त्यही भन्नु भएको छ,” समितिमा नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले भने, “पोर्चुगल गए रोनाल्डो ल्याउँछु भन्नु भएको थियो । अहिले दुई क्लबको नाम लिनु भएको छ । कार्यान्वयन हुने योजना ल्याउनु होला ।” 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पनि ६ महिनाको अवधिमा नेपालको नाम दुईपटक सुनुवाईको लागि आएको भन्दै व्यङ्ग्य गरे । 

“छैटीमा लेखेर ल्याएपछि कसैले रोकेरे रोकिँदैन भन्थे तपाईँको सम्बन्धमा त्यस्तै भएजस्तो लाग्छ । जुन देशको लाग पनि कार्ययोजना बनाउन सक्ने  । कार्ययोजना बनाउन दक्ष हो कि जस्तो लाग्यो,” अर्यालले भने । 
नेपालले १३ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेपछि सांसद जगप्रसाद शर्माले योजनालाई व्यवहारमा उतार्ने क्षमतामा प्रश्न गरेका थिए । 

“भन्नलाई सबैले भन्छन् तर भनेको कुरा व्यवहारमा उतार्न के छ त्यस्तो तपाईँमा ?,” उनले भने ।  

सांसद भगवती न्यौपानेले नेपालको कार्ययोजना र प्रस्तुति प्रभावकारी भएको बताइन् । सबै विषयालाई सिलसिलावद्ध रुपमा कार्ययोजनामा समेटिएको उनले जनाइन् । 

पोर्चुगलको लागि राजदूत नियुक्त भएर पनि त्यसतर्फ नजाँदै फिर्ता बोलाइनु र पुनः राजदूतमा नेपालको नाम सिफारिस हुनु दुवै आश्चर्यको कुरा भएको सांसद प्रकाश अधिकारीले बताए । 

“सूचना प्रविधि क्षेत्रमा आउटसोर्सिङ गरी नेपालमै बसेर स्पेनका लागि काम गर्ने विषयलाई कार्ययोजनामा समेट्नु भएको रहेछ, यो कुरा नौलो लाग्यो,” अधिकारीले नेपालको कार्ययोजनाको प्रशंसा गर्दै भने । 

राजदूतमा अनुमोदन भएर सम्बन्धित देश नपुग्दै फिर्ता भएर नेपालको कूटनीतिमा नेपालले इतिहास रचेको नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताए । पुनः राजदूतमा सिफारिस हुनुलाई उनले सुखद् संयोग भएको जनाए । 

“यसलाई सुखद् संयोग नै भन्नुपर्छ, एउटा व्यक्ति ६ महिना पनि नबित्दै दुई–दुई देशको लागि सिफासिर भएर सुनुवाई गर्दैछौं,” कार्कीले भने । नेपाली कांग्रेसका अर्का सांसद आनन्दप्रसाद ढुंगानाले नेपालले प्रस्तुत गरेको कार्ययोजना असाध्यै राम्रो भएको बताए । 

स्पेनको लागि नेपाली राजदूतमा सिफारिस नेपालले कार्ययोजना प्रस्तुत गर्ने क्रममा युरोपियन युनियन तथा युरोपका देशहरुसँग नेपालको सम्वन्ध विस्तार र सुदृढीकरणका लागि नेपाल र स्पेनसँगको घनिष्ठ सम्वन्धले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेका थिए ।

“नेपाल र स्पेनका बीचमा उच्च राजनीतिक तथा कुटनीतिक स्तरमा वार्ता, संवाद तथा भ्रमणको आदानप्रदानलाई बढाउनुपर्ने आवश्यक्ता देखिन्छ,” उनले भने । 

द्विपक्षीय सम्वन्धलाई थप सुदृढ बनाउन नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयहरु बीच नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशील बनाउन पहल गर्ने उनले बताए । 

स्पेनमा रहेका अन्य देशका राजदूत तथा कूटनीतिक नियोग र विभिन्न अन्तर्राष्ट्रिय संस्था र निजी क्षेत्रहरुसँग निरन्तर संवाद गरी सम्वन्ध विस्तार र सहयोग आदान प्रदानको वातावरण बनाउन पहल गर्ने पनि उनले जनाए । 

उनले ‘टिम युरोप’को अवधारणा पनि अघि सारेका छन् । युरोपियन युनियनका सदस्य राष्ट्रमा रहेका नेपाली दूतावासहरूले संयुक्त पहलमा कुनै काम गर्नको लागि टिम युरोप स्थापना गरी अघि बढ्न सकिने उनले जनाए । नेपालको हवाई सुरक्षा, जलवायु परिवर्तनलगायतका मुद्दामा यसरी अघि बढ्न सकिने दाबी उनको थियो । 

“नेपालको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आर्थिक कूटनीतिमार्फत राष्ट्रलाई लाभ हुने कामहरूलाई उच्च प्राथमिकता दिएर काम गर्नेछु,” नेपालले भने । 

स्पेनसँगको असन्तुलित व्यापारलाई क्रमिक रुपमा सन्तुलनतर्फ लैजान निर्यात व्यापारलाई प्रोत्साहन गर्नु आजको मुख्य आवश्यकता रहेको उनले औंल्याएका थिए ।  स्पेनबाट वैदेशिक लगानी नेपाल भित्र्याउन पनि पहल गर्ने उनले जनाए । नेपालमा रोजगारी सृजना गर्न ‘देशमै बसेर वैदेशिक रोजगारी’ योजना पनि उनले प्रस्तुत गरेका थिए । 

सूचना प्रविधिको प्रयोग गरी स्पेनका व्यापारिक फर्महरुसँग समन्वय गरी नेपालमै बसेर काम गर्ने वातावरणको लागि प्रयास गर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu