site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशमा हिन्दुलगायत अल्पसंख्यकको सुरक्षाका लागि भारत सरकारले के गरिरहेको छ ?
SkywellSkywell

काठमाडौैं । बंगलादेशमा जारी अवस्थाको अनुगमन गर्न भारत सरकारले एक समिति गठन गर्ने निर्णय गरकको छ । यस समितिले बंगलादेशी हिन्दुहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गर्ने जनाइएको छ ।

भारतका गृहमन्त्री अमित शाहले ट्विट गर्दै यसबारेमा भनेका छन्, “बंगलादेशमा जारी अवस्थालाई ध्यानमा राख्दै मोदी सरकारले भारत–बंगलादेश सीमा (आईबीबी)मा वर्तमान अवस्थाको निगरानी गर्न एक समिति गठन गरेको छ ।”

KFC Island Ad
NIC Asia

गठित समितिले बंगलादेशमा रहेका आफ्ना समकक्षी अधिकारीहरूसँग संवाद गर्ने उनले जनाएका छन् । 

बंगलादेशमा रहेका भारतीय नागरिक, हिन्दु र त्यहाँ बस्ने अन्य अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्नका लागि समितिले काम गर्ने उनले स्पष्ट पारेका छन् । समितिको नेतृत्व एडीजी, सीमा सुरक्षा बल, पूर्वी कमाण्डले गर्ने उनले बताएका छन् । 

Royal Enfield Island Ad

शेख हसिनाले बंगलादेश छोडेर भागेपछि सामाजिक सञ्जालमा हिन्दुहरुको सम्पत्ति र मन्दिरमा आक्रमण भएको समाचार आइरहेका छन् ।

यसअघि भारतका विदेशमन्त्री एस जयशंकरले अगष्ट ६ मा भारतको संसदमा बंगलादेशमा रहेका अल्पसंख्यक, हिन्दु र मन्दिरलाई लिएर चिन्ता व्यक्त गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro