site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासको आक्रमणमा संलग्न नौ कर्मचारी राष्ट्रसंघबाट बर्खास्त
तस्बिर : ईपीए ।

न्युयोर्क । संयुक्त राष्ट्रसंघले प्यालेस्टाइन शरणार्थीका निम्ति संयुक्त राष्ट्«संघीय एजेन्सी यूएनआरडब्ल्यूएका नौ कर्मचारी गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा संलग्न भएको हुन सक्ने जनाएको छ । राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले उनीहरू सबैलाई सेवाबाट बर्खास्त गरिने जनाएका छन् ।

उनले इजरायलका तर्फबाट उक्त विषयमा लगाइएको आरोपबारे राष्ट्रसंघले अनुसन्धान गरेको समेत जनाएका छन् ।

अक्टोबर ७ को घटनामा करिब १२ सय मानिस मारिनुका साथै हमासका तर्फबाट २५१ जनालाई बन्धक बनाइएको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro