site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ पुग्यो
फाइल तस्बिर ।

गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका निम्ति दोस्रो ठूलो वासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा १२८ पाटेबाघ रहेको बताइएको छ ।

जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना न्यून छ ।

Dabur Nepal
NIC Asia

‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।

अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु वृद्धिसँगै यिनीहरूको वासस्थान, समुदायमा चेतना, मानव–वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कंक्रिट पर्खाललगायत पूर्वाधारसँगै व्यवस्थापनमा जोड दिइएको बताए । वनजंगलको संरक्षणपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको संख्या र खाता जैविकमार्ग एवं वनक्षेत्रमा बाघको विचरण पनि बढेको छ ।

गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टंक गुरुङले बताए । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ ।

उनले भने, “वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।” रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro