site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी सांसदहरुद्वारा सेक्रेट सर्भिसका निर्देशकको राजीनामा माग
SkywellSkywell

वाशिङटन । अमेरिकी सांसदहरुले सेक्रेट सर्भिसका निर्देशक किम्बर्ली चियटललाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । 

संसदको ओभरसाइट कमिटीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालै गरिएको हत्या प्रयासको बारेमा सोमबार उनलाई बयानको लागि बोलाइएकोमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका सांसदहरुले एक स्वरले उनलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

Dabur Nepal
NIC Asia

सो अवसरमा निर्देशक चियटलले सो कार्यक्रममा सेक्रेट सर्भिसको असफलता स्वीकार गरेकी थिइन् ।

सांसदहरुले खासगरी गोली हान्ने युवक कार्यक्रम स्थल अगाडिको भवनको छतमा कसरी पुग्यो र सो युवकका शंकास्पद गतिविधि पहिला नै थाहा पाउँदा पनि किन सुरक्षाको उपयुक्त व्यवस्था गरिएन भनेर प्रश्न उठाएका थिए । 

निर्देशक चियटलले आफू सेक्रेट सर्भिसलाई यो समयमा नेतृत्व गर्न सबैभन्दा उत्तम व्यक्ति भएको दाबी गरेकी थिइन् । तर, सांसदहरु भने उनी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu