खेल

काठमाडौं । एसीसी महिला एसिया कपको दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।
श्रीलंकामा हुने खेलका लागि भएको टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङमा आउने भएको हो ।
प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । आजको खेलमा जित निकाले नेपालले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्ने छ ।
नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको थियो ।
यता, पाकिस्तान भने पहिलो जितको लक्ष्यमा छ । पाकिस्तान यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्