site stats
बाह्रखरी :: Baahrakhari
देश
तेह्रथुममा बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तेह्रथुममा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथर गाउँपालिका–५, भोर्लेका ४५ वर्षीय योगेन्द्र भनिने सार्के लिम्बू छन् ।

५९ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (जेठ ५) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

लिम्बूले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २३:१८
प्रतिक्रिया दिनुहोस्