site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईविरुद्ध सम्झनाले बनाइन् अर्धशतक
SkywellSkywell

काठमाडौं । एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालकी ओपनर सम्झना खड्काले ५० रन पूरा गरेकी छन् ।

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट सम्झनाले ३५ बलमा अर्धशतक प्रहार गरेकी हुन् । उनले ३५ बलमा आठ चौका प्रहार गरिन् । अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा सम्झनाको यो पहिलो अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

जारी खेलको १३ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ८७ रन बनाएको छ । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै यूएई, भारत र पाकिस्तान छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu