site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य
SkywellSkywell

काठमाडौं । एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएर्ई)ले नेपालसामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको हो ।

Dabur Nepal
NIC Asia

यूएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरिन् । काविशा इगोडेजले २२ रन थपिन् । समाइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन थपे ।

नेपालकी कप्तान इन्दु वर्माले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी इन्दुले १९ रनमात्र खर्चिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै युएई, भारत र पाकिस्तान छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu