site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वभर कम्प्युटर नेटवर्क डाउन हुनुको कारण ‘क्राउडस्ट्राइक’ हुनसक्ने आशंका
SkywellSkywell

काठमाडौं । विश्वका विभिन्न देशमा भइरहेको सूचनाप्रविधि (आईटी) अवरोधको कारण माइक्रोसफ्ट र साइबरसेक्युरिटी कम्पनी क्राउडस्ट्राइक हुनसक्ने आशंका गरिएको छ ।

माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लु स्क्रिन अफ ड्याथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ ।

Dabur Nepal
NIC Asia

यसका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौं देशमा विमानस्थल, बैंक, अस्पताल, यातायातलगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।

एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबरसुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि कम्प्युटरमा समस्या आइरहेको बताइएको छ ।

Global Ime bank

क्राउडस्ट्राइकको सफ्टवेयरका कारण मात्रै समस्या भइरहेको हो अथवा माइक्रोसफ्टमा पनि समस्या आएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

माइक्रोसफ्टमा समस्या भएको भए यो अझै धेरै ठाउँमा हुनसक्ने भन्दै क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गरिएका कम्प्युटरमा समस्या हुनसक्ने आंकलन गरिएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu