खेल

काठमाडौं । एसीसी महिला एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमकी कप्तान इन्दु वर्माले फिल्डिङको निर्णय गर्दै यूएईलाई ब्याटिङमा निम्त्याएकी हुन् ।
जारी खेलको एक ओभर समाप्त हुँदा यूएईले विकेट नगुमाई तीन रन बनाएको छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै युएई, भारत र पाकिस्तान छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १४:२७
प्रतिक्रिया दिनुहोस्