विदेश
बेइजिङ । विश्वव्यापी आईटीको क्षेत्रमा भइरहेको अवरोधले चीनका ग्राहकलाई पनि असर गरेको छ । कम्प्युटरमा ब्लु स्क्रिन र इरर मेसेज देखाएको बताइएको छ ।
थर्ड पार्टी एन्टिभाइरस सफ्टवेयर जडान गरिएका कम्पनीका कम्युटरमा यस्तो समस्या देखिएको माइक्रोसफ्टले चिनियाँ सामाजिक सञ्जाल विवोमा राखेको वक्तव्यमा जनाइएको छ ।
माइक्रोसफ्टले अहिले नै समस्याको कुनै समाधान दिन सकेको छैन । उसले चीनमा कम्पनीका आईटी टेक्निसियनसँग सम्पर्क गर्न भनेको छ । सीएनएन
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १४:१८
प्रतिक्रिया दिनुहोस्