site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जंगलमा भेटिएका वृद्धलाई छोराबुहारीले छाडेको पुष्टि हुन सकेन, अनुसन्धान गर्दै प्रहरी 
SkywellSkywell

विराटनगर । मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र अलपत्र भेटिएका ७० वर्षीय वृद्ध कसरी त्यहाँ पुगे भन्ने घटना थप रहस्यमय बनेको छ ।

दुई दिनअघि (मंगलबार) वनकर्मीहरुले घाइते र निकै कमजोर अवस्थामा फेला पारी जामुनलाल ऋषिदेवलाई उद्धार गरेर ल्याएका थिए । 

हाल ती वृद्धको कोसी अस्पतालमा उपचार भइरहेको छ । 

KFC Island Ad
NIC Asia

यो घटनाबारे प्रहरीले मिहीन ढंगले अनुसन्धान सुरु गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले प्रारम्भिक रुपमा ‘छोरा बुहारीले जंगलमा छाडिदिएको’ भन्ने आरोप सुनिएको भए पनि अहिले पुष्टि हुन नसकेको र अनुसन्धान जारी रहेको बताए ।

“वनकर्मी र अन्यले भनेअनुसार परिवारकै कसैले लगेर छाडिदिएको हो भन्ने पुष्टि हुन सकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ,” उनले भने ।

Royal Enfield Island Ad

बेलबारी–चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार वन हेरालु, वनका कर्मचारी र वन समितिका सदस्यहरु समेत विरैले पुग्ने घना जंगल क्षेत्रमा ती वृद्ध एक्लै भेटिएका थिए । 

उनले भने,“यो जंगली हात्ती चरिचरन गर्ने ठाउँ हो । जंगली जनवार बाक्लै ओहोर दोहोर गर्छन् । मानिस पुग्दैनन् । गोरेटोबाट हिंडेर पुग्न पनि निकै समय लाग्छ । साइकल वा मोटर साइकलमा मात्र जान सकिन्छ ।” 

जंगलमा फेला पर्दा उठेर हिँड्न नसक्ने अवस्थामा रहेका वृद्धलाई वनकर्मीले बोराको झोलुङ्गे बनाएर गाडी गुड्ने ठाउँसम्म ल्याएको बेलबारी–चिसाङ साझेदारी वनका हेरालु कमान्डर मुरारीप्रसाद काफ्लेले बताएका छन् । 
“हामी समूहमा गस्ती गर्र्दैथ्यौं । पर केही पोको देखियो के रहेछ भनेर साथीहरुसहित नजिक गएर हेर्दा वृद्ध फेला पर्नुभयो,” उनले भने, “शरीर भरि चोट र किराले टोकेको दाग थियो । पानी पिउन दिएर हतार हतार झोलुङ्गेमा राखेर पछि गाडीमा हाली बेलबारी अस्पताल पुर्‍यायौं ।” 

आफू ५ दिनदेखि जंगलमा बसेको ती वृद्धले बताएको काफ्लेले सुनाए ।  वन समितिका अध्यक्ष गिरी भन्छन्,“यस्तो अनकन्टार जंगलमा वृद्ध आफैं आएको विश्वास गर्न सकिँदैन । यसबारे थप खुल्दै जाला ।” 

अध्यक्ष गिरीका अनुसार जामुनलालका छोरा जल्वा ऋषिदेवले आफूसँगको भेटमा बुबा अरुको घरमा काम गर्दै गुजारा गर्ने गरेको र परिवारले छाडेको भन्ने कुरा गलत भएको सुनाए । “मैले बुबालाई जंगल लगेर छाडेको होइन,” बुधबार अध्यक्ष गिरीसँगको भेटमा जामुनलालका छोरा जल्वाले भनेका थिए ।

बेलबारी नगरपालिका वडा नं ७ कि वडाध्यक्ष सुनिता चौधरीले पनि वृद्ध बीच जंगलमा कसरी पुगे भन्ने रहस्यमय भएको बताइन् ।  उनले भनिन्,“हामीले परिवारका मानिसहरुसँग पनि के कसो भएको हो भने घटनाबारे कुराकानी गरेका छौं ।” 

वृद्ध सुन्दरहरैंचाको डाँगी भन्ने ठाउँमा बस्दथे । गाउँतिर हिंडडुल गर्दथे । उनको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । घटनाको वास्तविकता पत्ता लगाई अनुसन्धान अघि बढाउन इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मोरङका एसपी कार्कीले भने,“वृद्धको स्वास्थ्य अवस्था ठिक भई पूर्ण रुपमा कुराकानी गर्न सक्ने भएपछि सबैकुरा खुल्नेछ ।”

एक प्रहरी अधिकारीका अनुसार कसैले जंगलमा छाडेको या बाटो बिराएर त्यहाँ पुगेको सम्बन्धमा स्वास्थ्य अवस्था ठिक भएपछि आउन सक्ने अनुमान गरिएको छ । छोरा आफैँ पनि दीर्घरोगी भएको र आर्थिक अवस्था पनि निकै कमजोर भएका कारणले अहिले दुवैजना उपचारमै रहेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro