site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यका ‘अस्वस्थकर’ : रातिदेखि वायु प्रदूषण घट्ने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’ बनेको छ । वातावरण विभागका अनुसार, मंगलबार बिहान ११ः३० बजेसम्म काठमाडौंको रत्नपार्क र ललितपुरको खुमलटार अस्वस्थकरको वर्गमा छन् ।

विभागको तथ्यांकानुसार, उक्त समयमा वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) दुवै स्थानमा १६० पुगेको छ ।

विभागका अनुसार, पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानको औसत एक्यूआई १५९ सम्म पुगेको थियो । हाल काठमाडौंको वायुमा पीएम (पर्टिकुलेट म्याटर)को मात्रा ६८.४ सम्म पुगेको छ ।

काठमाडौंमा यो मात्रा मंगलबार दिनभर बढेर ८३ सम्म पुग्ने र राति १० बजेपछि घट्दै जाने विभागको अनुमान छ । बुधबार बिहान ५ बजे यो मात्रा ५७ सम्म झर्नै विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो, उति हानिकारक मानिन्छ ।

पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro