विदेश
मस्कट । ओमान नजिकैको समुद्रमा एक आयल ट्यांकर जहाज पल्टिँदा १६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १३ जना भारतीय छन् ।
घटना १५ जुलाईमा भएको थियो । जहाजमा अफ्रिकी देश कोमोरोसको झन्डा लगाइएको थियो । ओमानको समुद्री सुरक्षा केन्द्रले जहाज पल्टिएको जानकारी सोसल मिडिया एक्समार्फत जानकारी गराएको थियो ।
समुद्री सुरक्षा केन्द्रले जहाज पल्टिने सूचना पाउनासाथै खोजी र बचाउको अभियान सुरु गरेको थियो । जहाजको नाम ‘प्रेस्टिज फाल्कन’ भएको जनाइएको छ । बीबीसी
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ ०८:५२
प्रतिक्रिया दिनुहोस्