site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राम्रो काम नगर्नेलाई किमले गरे निलम्बन र घटुवा
SkywellSkywell

सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले देशको उत्तरी भागमा नयाँ सहर बनाउने एउटा परियोजनामा राम्रो काम नगरेको भन्दै निलम्बन र घटुवा गरेको छ । 

वरिष्ठ अधिकारीलाई निलम्बन गर्नुका साथै केहीलाई  घटुवा गरेको सरकार नियन्त्रित मिडिया केसीएनएले जनाएको छ । 

KFC Island Ad
NIC Asia

किमले सम्जियोन क्षेत्रको भ्रमणका क्रममा उच्च सभ्यतायुक्त पर्वतीय सहर जसलाई ‘सोसलिस्ट युटोपिया’को मोडलको रूपमा बनाउन उनले यसअघि निर्देशन दिएका थिए । जसमा अपार्टमेन्ट, स्कि होटेल, कमर्सियल कल्चर र मेडिकल फेसिलिटीको व्यवस्था गर्ने जनाइएको थियो । 

अहिलेसम्म भएको निर्माणको उपलब्धिलाई लिएर निर्माणकर्ताको उनले सह्राहना गरे पनि गम्भीर विचलन जस्तो कमजोर निर्माण कार्य र आर्थिक नोक्सानीलाई लिएर उनी वरिष्ठ अधिकारीहरूसँग असन्तुष्ट भएको बताइएको छ ।

Royal Enfield Island Ad

स्टेट कन्स्ट्रक्सन कन्ट्रोलमन्त्री रि सुन चोल गएको सेप्टेम्बरमा सो पदमा नियुक्त भएकोमा डिसेम्बरदेखि सो क्षेत्रमा नगएको भन्दै उनलाई पदबाट निलम्बन गर्दै किमले औपचारिक छानबिन सुरु गरेका छन् ।

किमले निर्माण सुपरिवेक्षण समितिका सबै सदस्यलाई पनि निलम्बन गर्नुका साथै सो प्रक्रियामा संलग्न सत्तारूढ वर्कर्स पार्टीका सदस्यहरूलाई पनि घटुवा गरेका छन् । आफ्नो कामलाई बेवास्ता गरेकोमा उपप्रधानमन्त्री र अन्यलाई पनि छानबिन गरिने उनले बताएका छन् ।

आन्तरिक पर्यटकका लागि बनाइएको होटेलमा गएर त्यसको निर्माण ‘आउटडेटेड’ भएको भन्दै त्यसलाई नयाँ मोडलमा बनाउन समेत आग्रह गरेका छन् । यस्तो गल्तीले सहरी विकासको दीर्घकालीन योजनालाई नराम्रोसँग असर गर्ने र आर्थिक क्षति पनि गराउने उनले  बताएका छन् । रोयटर्स
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro