site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्णबहादुरको सारंगी’ दर्शकका लागि विशेष हुनेछ : पौडेल 
SkywellSkywell

काठमाडौं । निर्माता विनोद पौडेलले दर्शकका लागि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ विशेष हुने बताएका छन् । नयाँ कथा र मेकिङका कारण यो चलचित्र विशेष हुने उनको दाबी छ । चलचित्रले गन्धर्व परिवारको कथा भन्नेछ । 

‘पूर्णबहादुरको सारंगी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको पहिलो चरणको छायांकन ओखलढुंगाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिनमा पूरा गरिएको हो ।

Dabur Nepal
NIC Asia

बाँकी छायांकन काठमाडौंमा गरिने निर्माता पौडेलले जानकारी दिए । 

चलचित्रमा कलाकारहरू विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका छ । विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहेको छ । 

यो चलचित्र अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा चलचित्रको कथा पनि निर्देशक सरोज पौडेल स्वयंको छ । महेश दवाडीको पटकथा तथा संवाद छ । 

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu