देश
काठमाडौं । भारतले धौलीगंगा जलविधुत् परियोजनाको बाँध खोल्दा महाकाली नदीमा बाढीको सम्भावना रहेको छ ।
आज बिहान ६ बजेदेखि भोलिसम्म सिल्ट सरसफाइ कार्यका लागि बाँधको ढोका खोलिने भारतको एनएचपीसी लिमिटेडले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकालीमा जलसतह बढ्ने भएकाले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि उक्त तटीय क्षेत्रमा बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन सचेत गराएको छ ।
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ ०५:४९
प्रतिक्रिया दिनुहोस्