site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको 'ट्रयाप'मा परे : श्रममन्त्री भण्डारी 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीहरूको 'ट्रयाप'मा पर्ने गरेको बताएका छन् । 

मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई बैंकहरूले ऋण नदिँदा उनीहरू ‘डेप्थ ट्रयाप’मा पर्ने गरेको बताए । 

उनले वेदैशिक रोजगारीमा गएका श्रमिकहरू ऋणको भारमा पर्ने र बाकसमा फकिर्नुपर्ने गम्भीर स्थिति सिर्जना भएको भन्दै वर्तमान सरकार यसका लागि काम गरिरहेको उल्लेख गरे । नेपालको श्रमिक बजारमा बर्सेनि पाँच लाख श्रमिक आउने गरेको भए पनि एक लाख श्रमिकलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको बताए । 

उनले वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारी नै भएको बताउँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहुन्जेल त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने बताए ।

उनले भने, "वैदेशिक रोजगारीमा गएका श्रमिकहरू दुई वटा ट्रयापमा पर्ने गर्नुभएको छ । एउटा, डेप्थ ट्रयाप । यो भनेको मिटरब्याजको जुन कुराहरू उठिरहेका छन् । उनीहरू मिटरब्याजीहरूको ट्रयापमा परेका छन् । अर्को, डेथ ट्रयाप । हाम्रा श्रमिकहरू त्यहाँ रोजगार गर्न गएका हुन् उनीहरू लडाइँ लड्न गएका होइनन् । लड्न गएका भए त्यहाँ विरगति प्राप्त गरे भन्ने कुरा हुन्थ्यो । वैदेशिक रोजगारीमा गएका श्रमिकहरु बाकसमा किन फर्किरहेका छन् ?"

उनले सरकारले मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रमिकहरूलाई बिनाधितो ऋण दिने नीति लिएको बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro