site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूलीमा बेपत्ता यात्रुको प्रभावकारी खोजी र उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिशूली नदीमा बेपत्ता भएका यात्रुको प्रभावकारी खोजी तथा उद्धारका लागि निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह प्रशासनलगायत सरकारका सरोकारवाला सबै निकायलाई उद्धारका लागि निर्देशन दिएका हुन् । 

“नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी–पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।” 

मनसुन सक्रिय रहेकाले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन आग्रह गर्दै उनले उद्धार र रातहमा आवश्यक सहकार्य गर्न तीनै तहका सरकारलाई निर्देशन दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्