खेल

काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपालले सुपर ओभरमा नेदरल्यान्ड्सलाई २० रनको लक्ष्य दिएको छ ।
सुपर ओभरमा नेपालका कुशल भुर्तेलले १८ र कप्तान रोहित पौडेलले एक रन बनाए । भुर्तेल सुपर ओभरको अन्तिम बलमा क्याच भएका थिए ।
योसँगै जितका निम्ति नेदरल्यान्ड्सले सुपर ओभरमा २० रनको लक्ष्य पाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ २३:१४
प्रतिक्रिया दिनुहोस्