
काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपालले नेदरल्यान्ड्सबाट दोस्रो सुपर ओभरमा १८ रनको लक्ष्य पाएको छ । दोस्रो सुपर ओभरमा पहिले ब्याटिङमा आएको डच टोलीले ६ बलमा एक विकेट गुमाएर १७ रन बनायो ।
यसअघि भएको पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको हो ।
पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो । २० रनको लक्ष्यसहित मैदान उत्रिएको डच टोलीले पनि १९ रन नै बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा पुगेको हो ।
त्यसअघि स्कटल्यान्डको डुन्डीमा जारी खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल टाई भएको थियो ।