
काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल दोस्रोपटक सुपर ओभरमा पुगेको छ ।
स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल टाइ भएको थियो । यसपछि नतिजाका निम्ति सुपर ओभर भए पनि उक्त सुपर ओभरमा पनि स्कोर टाइ भएको हो ।
सुपर ओभरमा नेपालले पहिले ब्याटिङ गर्दै १९ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले १८ र कप्तान रोहित पौडेलले एक रन बनाए । भुर्तेल सुपर ओभरको अन्तिम बलमा क्याच भएका थिए ।
२० रनको लक्ष्यसहित उत्रिएको डच टोलीले पनि १९ रन नै बनाएपछि पुनः सुपर ओभर हुने भएको हो ।