site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘गुन्यो चोलो : गुलाबी’को पोस्टर सार्वजनिक, प्रदर्शन कात्तिक ९ मा
SkywellSkywell

काठमाडौं । नाजिर हुसेन मुख्य भूमिकामा रहेको चलचित्र ‘गुन्यो चोलो : कमिङ अफ एज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र  कात्तिक ९ मा प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।  

बिहीबार नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा नाजिर फरक लुक्समा छन् । नाजिरको लुक्स र पोस्टरले चलचित्रको कथावस्तु बोल्छ । 

KFC Island Ad
NIC Asia

पोस्टरमा नाजिर पहेलो रङको वान पिसमा छन् । उनले एउटा हातमा विग (नक्कली कपाल) छ भने अर्को हातमा हिल्स । शरीरमा चोट देखिन्छ । यसले नाजिर पीडामा रहेको देखाउँछ । मेकअपका  आधारमा नाजिर ‘ट्रान्सवुमन लुक्स (मेल टु फिमेल)’को भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । 

चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी छन् । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । 

Royal Enfield Island Ad

अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले समलिंगी तथा तेस्रोलिंगीको कथालाई उठान गरेको छ । 

नाजिरसँगै चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको पोस्टप्रोडक्सनको काम नेपाल बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन, ब्याकग्राउन्डस्कोर नेपाल बाहिर गरिएको निर्माण पक्षले बताएको छ । 

चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको सहकार्यमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro