काठमाडौं । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’को बुधबार प्रिमियर भएको छ । प्रिमियरमा सहभागी कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिले मौलिक चलचित्र भएको प्रतिक्रिया दिएका छन् ।
मगर समुदायको संस्कार र संस्कृतिलाई केन्द्रमा राखेर बनेको चलचित्रले त्यसको प्रवर्द्धन र संरक्षणको भूमिका खेलेको प्रिमियरमा सहभागीहरूले बताएका छन् ।
निर्देशक अनिल बुढा मगरले आफूले माटोको कथा भन्ने प्रयास गरेको बताएका छन् । चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), अनु थापालगायतको अभिनय छ ।
चलचित्र ‘घरज्वाइँ’ यही शुक्रबारबाट रिलिज हुँदै छ ।
तस्बिर : हरिशजंग क्षेत्री ।