काठमाडौं । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणका लागि सर्ट मुभी (छोटो चलचित्र) ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ । पत्रकार ‘राज सरगम’को लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछुतविरुद्ध चेतनामूलक सर्ट मुभी कलर अफ टी (चाइ के रङ) निर्माणका लागि नोप्सले एक लाख रुपैयाँ सहयोग गरेको हो ।
जातकै कारण धेरै दलित युवा पलायन हुनु परेको छ भने कतिपयले ज्यान समेत गुमाउनु परेको अवस्थामा जनचेतनामूलक सिनेमाले समाजमा सकारात्मक प्रभाव पार्ने भएकाले कलर अफ टीलाई सहयोग गरिएको नोप्सका अध्यक्ष अर्जुन सुनारले बताए ।
कपिल भण्डारीको मुख्य व्यवस्थापन तथा परीक्षित मिडिया क्रिएसनको निर्माणमा तयार हुन लागेको सर्ट मुभीलाई अन्य संघसस्थाको पनि सहयोग गरेका छन् ।