site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चनपुरमा भएको वर्षा ७७ वर्षयताकै नेपालको दोस्रो ठूलो 

काठमाडौं । यो वर्ष नेपालमा ७७ वर्षयताकै दोस्रो ठूलो वर्षा भएको छ । कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा शनिबार राति (जुलाई ७) १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अति भारी वर्षा हुँदा ७७ वर्ष यताकै दोस्रो धेरै/ठूलो वर्षा भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरका हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटरसम्म वर्षा मापन भएको छ । वर्षाको यो रेकर्ड हालसम्मकै दोस्रो ठूलो हो । 

यसअघि दोस्रो धेरै वर्षाको रेकर्ड कैलालीको चिसापानीमा रेकर्ड भएको थियो । चिसापानीमा सन् २०१४ अगस्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । 

कञ्चनपुरमा भएको वर्षाले चिसापानीको यो रेकर्डलाई उछिनेको हो । 

यसघि, मञ्चनपुरको महेन्द्रनगरमा सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो । २००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ । 

नेपालमा हालसम्म सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । एक दिनमा यति धेरै वर्ष नेपालमा हालसम्म अन्त कतै नभएको मौसमविद् हुमागाईंको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro