site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा 

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलाको तयारी पूरा भएको जनाएको हो ।

मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बंगलादेशका स्टल सहभागी हुने व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले जानकारी दिए । 

मेलाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउने उनको दाबी छ । 

स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने उनले जानकारी दिए । 

यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।

मेलामा चीनबाट पावर ट्रान्समिसन इक्विपमेन्ट, इलेक्ट्रिकल्स तथा अटो मोबाइल्स, फुड एन्ड बेभरेज, मिल्क प्रडक्ट, किचन वेयर, गार्मेन्ट्स्, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गार्मेन्ट्स स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro