site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् ७७ वर्षमा सबैभन्दा धेरै र कम वर्षा भएका १० स्थान
फाइल तस्बिर ।

काठमाडौं । मनसुन सक्रिय हुँदा केही दिनयता देशका धेरै स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा भइरहेको हो । केही प्रदेशका कतिपय स्थानमा भारी र धेरै भारी वर्षा पनि भएको छ ।

यसपालि औसतमा गत वर्षभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सरोकारवाला निकायलाई विभागले सोहीअनुसारको पूर्वतयारी गर्न आग्रह गरिसकेको छ ।

वर्षासँगै यो वर्ष पनि बाढीपहिरो, डुबान तथा सडक अवरुद्ध हुन थालेको छ । पानी पार्ने मनसुन प्रणाली भित्रिएयता देशमा जनधनको क्षति समेत भइसकेको छ ।

विभागले सन् १९४७ देखि कुन वर्ष कहाँ कति वर्षा भयो भन्ने तथ्यांक राख्दै आएको छ । विभागका अनुसार, नेपालमा २४ घण्टामा हालसम्म सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । एक दिनमा यति धेरै वर्षा नेपालमा अन्त कतै भएको छैन ।

कैलालीको चिसापानीमा सन् २०१४ अगस्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । मकवानपुरपछि धेरै वर्षा भएको क्षेत्र हो यो ।

तेस्रो धेरै वर्षा भएको स्थान झापाको कन्काई हो । १९८४ सेप्टेम्बर १६ मा कन्काईमा ४३७ मिलिमिटर वर्षा भएको थियो ।

चौथो धेरै वर्षा बाराको करैयामाईमा भएको छ । सन् २००४ जुलाई १० मा करैयामाईमा ४३२ मिलिमिटर वर्षा भएको थियो ।

२४ घण्टामा धेरै वर्षा भएको सूचीको पाँचौँ स्थानमा बाजुराको मार्तडी छ । बाजुरामा १९८० अगस्ट १२ मा ४३१ मिलिमिटर वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

छैटौँ धेरै पानी परेको स्थान सुर्खेत विमानस्थल हो । सन् २०१४ अगस्ट १५ मा उक्त स्थानमा ४२३.१ मिलिमिटर वर्षा भएको थियो ।

सबैभन्दा धेरै पानी परेको सातौँ स्थानमा पाल्पाको तानसेन छ । त्यहाँ १९५९ सेप्टेम्बर ७ मा ४०९.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

पाल्पाकै रामपुर सबैभन्दा धेरै वर्षा हुने ठाउँको सूचीमा आठौँ स्थानमा छ । सन् २००६ अगस्ट ३१ मा रामपुरमा ४०५.५ मिलिमिटर वर्षा भएको थियो ।

विराटनगर विमानस्थलमा सन् १९७४ मा जुलाई २ मा ४०५ मिलिमिटर वर्षा भएको थियो । सबैभन्दा धेरै वर्षा मापन भएका स्टेसनमध्ये यो नवौँ स्थानमा हो ।

सबैभन्दा धेरै वर्षा भएको सूचीको दशौँ स्थानमा सिन्धुलीको सिन्धुलीमाडी छ । १९९३ जुलाई २१ मा सिन्धुलीमाडीमा ४०३.२ मिलिमिटर वर्षा भएको तथ्यांक छ ।

हरेक वर्ष कुनै स्थानमा उत्तिकै वर्षा हुँदैन, कमबढी हुन्छ ।

७७ वर्षको इतिहासमा सबैभन्दा कम पानी परेका १० स्थान
विभागको तथ्यांकानुसार, हालसम्म सबैभन्दा कम पानी परेको स्थान मनाङ हो । सन् २०२२ अक्टोबर ७ मा मनाङको हुम्डेमा ६४.७ मिलिमिटर वर्षा भएको थियो । यो हालसम्म सबैभन्दा कम पानी पर्ने स्थान हो ।

दोस्रो सबैभन्दा कम पानी परेको स्थानमा मुस्ताङको थाकमार्फा छ । थाकमार्फामा १९९७ डिसेम्बर १० मा ८६.६ मिलिमिटर वर्षा भएको तथ्यांक छ ।

तेस्रो कम पानी परेको स्थानको सूचीमा जुम्ला छ । सन् २०१३ अगस्ट १ मा जुम्ला विमानस्थलमा ८८.५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

७७ वर्षाको तथ्यांकमा थोरै वर्षाको सूचीको चौथो स्थानमा मुस्ताङकै जोमसोम छ । १९७४ नोभेम्बर २९ मा जोमसोममा ८८.८ मिलिमिटर वर्षा भएको थियो ।

सबैभन्दा कम पानी परेको सूचीको पाँचौँ स्थानमा मुगु छ । मुगुको रारा मापन केन्द्रमा सन् १९९१ डिसेम्बर २७ मा ९९.६ मिलिमिटर वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

कम पानी परेको छैटौँ स्थानमा डोल्पा छ । डोल्पाको दुनैमा १९८२ मे १४ मा १०० मिलिमिटर वर्षा भएको तथ्यांक छ । कालीकोटको नाग्मा पनि छैटौँ स्थानमा छ । नाग्मामा सन् २०१० मे १८ मा १०० मिलिमिटर वर्षा मापन गरिएको थियो ।

यो सूचीको सातौँ स्थानमा हुम्ला छ । हुम्लाको सिमकोटमा २०२१ अक्टोबर १९ मा ११० मिलिमिटर वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

कम पानी परेको सूचीको आठौँ स्थानमा अछाम छ । अछामको वली गाउँ पटकानीमा सन् २०२१ अक्टोबर १९ मा १३०.३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

नवौँ स्थानमा बझाङको चैनपुर छ । चैनपुरमा सन् २०२२ सेप्टेम्बर २ मा १३३.५ मिलिमिटर वर्षा भएको तथ्यांक छ । 

दशौँ स्थानमा ललितपुरको खुमलटार छ । खुमलटारमा २०२२ अगस्ट १० मा १३६ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार, यो १७० वर्षा मापन केन्द्रको तथ्यांक हो । सन् १९४७ देखि विभागले वर्षाको तथ्यांक राख्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro