site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७७ वर्षयता नेपालमा सबैभन्दा बढी वर्षा कहाँ ? काठमाडौंमा धेरै पानी कहिले ?
फाइल तस्बिर ।

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका धेरै स्थानमा वर्षा भइरहेको छ । केही दिनयता मनसुन थप सक्रिय हुँदा कतिपय स्थानमा भारी वर्षा समेत भएको छ ।

जल तथा मौसम विज्ञान विभागले चार दिन (असार १७–२०)का निम्ति ‘रेड अलर्ट’ जारी गरेको छ । रेड अलर्ट जारी गरिएका स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । वर्षाका कारण हुने क्षति न्यूनीकरणका लागि सचेत रहन समेत विभागले आग्रह गरेको छ ।

वर्षाको तथ्यांक
नेपालमा रेकर्ड राख्न थालिएयता २४ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै वर्षा सन् २००२ मा भएको थियो । विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुुसार, २००२ जुलाई २३ मा काठमाडौंमा हालसम्मकै धेरै वर्षा भएको थियो ।

“त्यो दिन २००२ को जुलाई २३ मा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो,” उनले बाह्रखरीसित भने ।

त्यसयता काठमाडौंमा वर्षाको यो रेकर्ड तोडिएको छैन । “वर्षाको यो रेकर्ड काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हो,” मौसमविद् हुमागाईंले भने, “विमानस्थलको यो रेकर्डले करिब–करिब काठमाडौंको वर्षा मापन हुन्छ ।”

भक्तपुरमा हालसम्म सबैभन्दा धेरै २६० मिलिमिटर वर्षा मापन गरिएको छ । सन् १९९० अगस्ट १२ मा भक्तपुरमा २६० मिलिमिटर वर्षा भएको थियो । त्यसयता भक्तपुरमा यति धेरै वर्षा भएको छैन ।

ललितपुरमा सन् २०२२ अगस्ट १० मा १३६ मिलिमिटर वर्षा भएको थियो । ललितपुरमा पनि वर्षाको यो रेकर्ड तोडिएको छैन ।

नेपालमा एक दिनमा हालसम्म सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । एक दिनमा यति धेरै वर्ष नेपालमा अन्त कतै नभएको विभागले जनाएको छ ।

कैलालीको चिसापानीमा ४९९.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । मकवानपुरपछि धेरै वर्षा भएको क्षेत्र हो यो । चिसापानीमा सन् २०१४ अगस्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

तेस्रो धेरै वर्षा भएको स्थान झापाको कन्काई हो । १९८४ सेप्टेम्बर १६ मा कन्काईमा ४३७ मिलिमिटर वर्षा भएको थियो ।

बाजुराको मार्तडीमा १९८० अगस्ट १२ मा ४३१ मिलिमिटर वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष असार १२ गते मोरङमा सबैभन्दा धेरै ३६१ मिलिमिटर वर्षा मापन गरिएको छ । मोरङको विराटनगर विमानस्थल वर्षा मापन केन्द्रमा ३६१ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । विराटनगर विमानस्थलमा इतिहासकै धेरै वर्षा भने १९७४ जुलाई २ मा ४०५ मिलिमिटर मापन गरिएको थियो ।

विभागका अनुसार, यो १७० वर्षा मापन केन्द्रको तथ्यांक हो । “हाम्रा यी वर्षा मापन केन्द्रबाट आएको तथ्यांक विभागले राख्दै आएको छ,” मौसमविद् हुमागाईं भन्छन्, “यी तथ्यांकबाट करिब–करिब देशभरको वर्षाको विवरण आउँछ ।”

सन् १९४७ देखि विभागले वर्षाको तथ्यांक राख्दै आएको छ । वर्षा मापन केन्द्र सुरुमा थोरै थिए । “वर्षाको रेकर्ड सन् १९४७ बाट राख्न थालिएको हो,” उनले भने, “सुरुमा विभागले दुई/तीनवटा मापन केन्द्रबाट सुरु गरेको हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro