site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युभेन्टसका रक्षक भेगाको शल्यक्रिया, केही हप्ता मैदानबाट बाहिर रहने

काठमाडौं । युभेन्टसका रक्षक रेनाटो भेगा चोटका कारण केही हप्ता मैदान बाहिर रहने भएका छन् ।

रेनाटोको क्लब युभेन्टसले बिहीबार चोटमा कारण उनी केही साता मैदान बाहिर रहने जनाएको हो ।

भेगा यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार पीएसभीविरुद्ध खेलका दौरान घाइते भएका थिए । उनको परीक्षणका क्रममा दाँया खुट्टामा चोट लागेको युभेन्टले पुष्टि गरेको छ ।

“परीक्षणको क्रममा रेनाटो भेगाको दाँया खुट्टामा चोट लागेको पाइएको छ,” युभेन्टसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युभेन्टसका अनुसार उनलाई बिहीबार शल्यक्रियाको लागि लगिएको थियो । युभेन्टसले यसै जनवरीमा इंग्लिस क्लब चेल्सीबाट भेगालाईलोनमा अनुबन्द गरेको थियो । युभेन्टस हाल सिरी‘ए’ मा चौथौ स्थानमा छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro