site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोर्खाली रग्बी सेभेन्स ट्रफी प्रतियोगिता हुने  

काठमाडौं । गोर्खाली रग्बी क्लबको आयोजनामा गोर्खाली रग्बी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता, गोर्खाली रग्बी ट्रफी आयोजना हुने भएको छ । गोर्खाली रग्बी क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । 

प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, एपीएफ र एक आयोजक टिम गरी १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कुल १३५ जना पुरुष खेलाडीले सहभागिता जनाउने बताइएको छ । टोलीहरूको यातायात खर्च पनि आयोजक गोर्खाली रग्बी क्लबले नै बेहोर्नेछ । चितवनको भरतपुरस्थित कृष्णपुर रंगशालामा फागुन १६ र १७ गते गरी दुई दिन प्रतियोगिता आयोजना हुने गोर्खाली रग्बी क्लबले जानकारी दिएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले एक लाख रुपैयाँ, ट्रफी र मेडल पाउनेछ । प्रतियोगितामा २१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई भर्दना काउचरबाट इटालियन सुट एक सेट प्रदान गरिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro