site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘म्याड फेस्ट–२०२४’ सुरु, ६ वटा नाटक मञ्चन हुँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मण्डला थिएटरमा आजबाट ‘म्याड फेस्ट–२०२४’ सुरु भएको छ । मण्डला थिएटरले ‘म्याड फेस्ट–२०२४’ आयोजना गरेको हो । 

असार २३ गतेसम्म तीन दिन चल्ने महोत्सवमा ६ वटा नाटक मञ्चन हुनेछन् । यी ६ वटै नाटक मण्डलाका पूर्वविद्यार्थीले तयार पारेका छन् । 

हालसम्म मण्डलाले सञ्चालन गरेका १४ वटा ल्याब, दुईवटा एक वर्षे कोर्स, दुईवटा रियाक्ट कोर्षबाट उत्पादन भएका विद्यार्थीमध्यबाट नाटक तयार गरिएको हो । 

Agni Group
NIC Asia

१६ वटा नाटकबाट ६ वटा छनोट गरिएको हो । दयाहाङ राई, सिर्जना सुब्बा, अनुप सुवेदी, पशुपति राई र देभ न्यौपानेको कमिटीले १८ वटा नाटकबाट ६ वटा छनोट गरेको थियो । 

महोत्सवमा ‘रेल्वे टु नोह्वेर’, ‘अंकुरन’ ‘नुग्धा’, ‘सिल्पिनी’, ‘आगम’ र ‘मिरर’, नाटक मञ्चनका लागि छनौट भएका नाटक हुन् । एकजनाबाहेक सबै निर्देशक नयाँ हुन् । लेखक पनि नयाँ हुन् ।

Global Ime bank

दुईजना महिला निर्देशक पनि छन् । नाटकमा सबै मण्डलाकै विद्यार्थी हुनेछन् । 

निर्देशक र लेखक सबैलाई निर्देशन र लेखनको वर्कसप समेत गराइएको थियो । निर्देशनमा मेन्टरको काम विकास जोसी उमेश तामाङले गरेका थिए ।  

“मण्डलाबाट धेरै विद्यार्थी उत्पादन भए । कति यही क्षेत्रमा सक्रिय छौँ । कति छैनौँ । हामी सबैलाई जोड्ने माध्यम केही भएन । त्यसैले यो फेस्टिभलले सबैलाई जोड्न सकोस् भन्ने हाम्रो अपेक्षा छ,” फेस्टिभल निर्देशक अनुप न्यौपानेले बाह्रखरीसँग भने, कतिले अवसर पनि पाउनु भएन होला । त्यस्ता व्यक्तिका लागि अवसर पनि सिर्जना होस् भन्ने हाम्रो उद्देश्य हो । कतिले यी ६ वटा नाटकमा पहिलोपटक अभिनय पनि गरिरहनु भएको छ ।”  

नयाँ व्यक्तिले रङ्गमञ्चमा प्रवेश गर्नै नपाएको अवस्थामा मण्डलाले अवसर सिर्जना गरिदिएको उनले बताए ।  मण्डलाबाट हालसम्म तीन सयभन्दा धेरै विद्यार्थी पासआउट भइसकेका छन् ।  

म्याड फेस्टमा म्युजिक, पोयट सेक्सन, पफर्मेन्स, एसईई दिएर बसेका विद्यार्थीको पफर्मेन्स, प्यानल डिस्कसन पनि हुनेछ । 

“आफ्नो सपना आफैँले पूरा गर्ने भन्ने हो । आफूले गर्नसक्ने काम आफैँ गर्नुपर्छ भन्ने सन्देश पनि हो यो,” उनी अगाडि थप्छन्, “कसैले नाटक बनाइदिएला र खेलौंला भनेर हुँदैन । आफूले जानको काम आफैँ गर्नुपर्छ भन्ने अग्रसरता लिनुपर्छ भनेर पनि यो म्याट फेस्ट सुरु गरेका हौँ ।” 

टिम भए पनि सँगै मिलेर काम गर्ने वातावरण मात्रै नभइरहेको भन्ने म्याट फेस्टले पुष्टि गरिएको उनले बताए । 

अहिलेका युवाको विषय, अपेक्षा र सपना के रहेछ भन्ने देखाउन पनि महोत्सवमा दखाइने नाटकले संकेत गर्ने निर्देशक न्यौपानेको भनाइ छ । “कति नाटकले प्यार्टन भत्काउन पनि सक्लान् । केही कुरा नयाँ आउन पनि सक्छ,” उनी भन्छन्, “हाम्रा ६ वटा नाटक नै भिन्न आइडियामा छ । यसले पनि यो कुरा पुष्टि गर्नेछ ।”  

म्याड फेस्टमा आठ सयदेखि एक हजार दर्शकले अवलोकन गर्ने उनको विश्वास छ ।  

तीन दिने म्याड फेस्टमा करिब ६० लाख रुपैयाँ बजेट लाग्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu