site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोसी प्रदेशमा मलको मौज्दातले रोपाइँ सहज
Siddhartha BankSiddhartha Bank

विराटनगर । यो पटक धान रोपाइँ गर्न कोसी प्रदेशका किसानलाई मल अभाव छैन । मागअनुसार किसानले रासायनिक मल प्राप्त गरेपछि रोपाइँ सहज भएको छ । कोसी प्रदेशमा ३ लाख ४० हजार ८ सय हेक्टर जमिनमा धान खेती हुनेगर्छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले जनाएअनुसार किसानको मागअनुसार पर्याप्त मौज्दात छ । कम्पनीका प्रादेशिक प्रबन्धक नरेशकुमार सापकोटाले भने, “किसानको माग भएअनुरुप नै हामीले बिक्री वितरणको प्रबन्ध मिलाएका छौँ ।” सापकोटाले सहकारी संस्थामार्फत बिक्री हुने मल खरिद गर्न किसानलाई कुनै समस्या नरहेको सुनाए ।

कम्पनीका गोदाममा हाल युरिया ४ हजार ५८ मेट्रिकटन मौज्दात रहेको जनाइएको छ । कार्यालयअन्तर्गतका धनकुटा, झापाको बिर्तामोड, सुनसरीको इटहरी, इलाम र उदयपुरको गाईघाटमा ४ हजार ५४१ दशमलव ७५० मेट्रिक टन युरिया मौज्दात रहेको प्रबन्धक सापकोटाले जनाए । 

Agni Group
NIC Asia

डीएपी एक हजार ७४३ दशमलव ५० मेट्रिक टन र पोटास एक हजार ७२८ दशमलव ९५० मेट्रिकटन मौज्दात छ । रोपाइँको प्रारम्भिक चरणमा किसानले अधिक मात्रामा डीएपी माग गर्ने गर्छन् । 
थप एक हजार ७ सय मेट्रिक टन डीएपी र एक हजार ५ सय मेट्रिकटन युरिया आउने क्रममा रहेको बताइएको छ । भारतको जोगबनी र वीरगन्ज नाका हुँदै मल आउने सापकोटाले बताए । 

स्थानीय अनुदानको रासायनिक मल वितरण व्यवस्थापन समितिको सिफारिसअनुसार सहकारी संस्थाहरूले गर्दै आएका छन् । मोरङमा ३२० वटा सहकारीमार्फत मल वितरण हुन्छ । समितिको सिफारिस लिएर आउने सहकारीले सहज ढंगले मल ढुवानी गरिरहेको कृषि कम्पनीले जनाएको छ । कोसी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरमा अधिक धान खेती हुन्छ । पहाडी र हिमाली जिल्लामा पनि धान रोपिन्छ ।

Global Ime bank

विराटनगरका किसानलाई औजार वितरण
यसैबीच, विराटनगर महानगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषि आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यसाथ ती सामग्री वितरण गरिएको महानगरले जनाएको छ । 

महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले भने, “महानगरभित्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्य छ ।”

महानगरले विराटनगर–१८ स्थित महिला बीउ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नम्बर वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले बताए । 

न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ ।
 
विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको तिम्सिनाले बताए । महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बिउविजनका साथै ढुवानी अनुदानको मल समेत व्यवस्थापन गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu